सुशासन

पेन्सन कागज बनाउन घूस लिने अधिकृत, क्यान्टिन सञ्‍चालक र चालकविरुद्ध मुद्दा

इकागज |
फागुन ५, २०७७ बुधवार १६:५३ बजे

काठमाडौं :  ताहाचलस्थित राष्ट्रिय कितावखाना (शिक्षक)का शाखा अधिकृत धनेश्‍वर प्रसाई, क्यान्टिन सञ्‍चालक सुदर्शन न्‍यौपाने र सवारी चालक सुरेशप्रसाद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले उनीहरू विरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेका हुन् । 

अवकासपछि पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम लिएपछि उनीहरूलाई अख्तियारले नियन्‍त्रणमा लिएको हो । न्‍यौपानेले सेवाग्राहीबाट ५२ हजार रुपैयाँ लिई सवारी चालक सुरेश नेपालको क्‍वाटरमा राखेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

किताबखानाका शाखा अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरे ।  उनले क्यान्टिन सञ्‍चालक न्यौपानेलाई सेवाग्राहीसँग ५२ हजार रुपैयाँ घुस माग्‍न लगाए । न्यौपानेकै आग्रहमा सवारी चालक नेपालले घुस रकम लिएको तथ्य पुष्टि भएको आयोगले जानकारी दिएको छ । आयोगले घूस बमोजिमको दाबीसहित सजाय मागदाबी लिई बुधबार अदालतमा आरोपपत्र दायर गरेको छ।



Author

थप समाचार
x