सुशासन

१५ हजार घूस लिने हवल्दारविरुद्ध मुद्दा

इकागज |
फागुन ९, २०७७ आइतबार १७:३ बजे

काठमाडौं : महोत्तरीको गौशालास्थित सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सरबन कुमार बस्‍नेतविरुद्ध अख्‍तियार दुरूपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । घरायसी प्रयोगका  लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घूस लिने उनलाई आयोगले नियन्‍त्रणमा लिएको थियो ।  

बस्‍नेतलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध आइतबार काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।



Author

थप समाचार
x