सुशासन

कालोसूचीमा राख्‍न सिफारिसमा परेका ८ कम्पनीलाई फेरि सोधियो स्पष्टीकरण

इकागज |
फागुन १७, २०७७ सोमबार १२:२१ बजे

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्‍न सार्वजनिक निकायले सिफारिस गरेका आठ कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण मागेको छ । एक महिनाअघि सोधिएकोमा कुनै जवाफ नआएपछि फेरि मागिएको हो ।


उनीहरूलाई सात दिनभित्र लिखित जवाफ पठाउन पत्राचार गरेको छ ।  

कालोसूचीमा राख्‍न सिफारिस भएका कम्पनीहरू :


१. विनायक कन्स्ट्रक्सन, हेटौंडा-६, मकवानपुर

 (मुख्य व्यक्ति : राज कुमार चौलागाईं)

२. आर.एस. निर्माण सेवा, हेटौंडा-४, मकवानपुर ।

 (मुख्य व्यक्ति : राजेश उपाध्याय)

३. शिव निर्माण सेवा, भेडिहारी, पर्सा

(मुख्य व्यक्ति : अच्छेलाल प्रसाद चौरासिया)

४. हेटौंडा कन्स्ट्रक्सन, हेटौंडा-१, मकवानपुर ।

 (मुख्य व्यक्ति : रीतेशजंग थापा)

५. अभय कन्स्ट्रक्सन, वीरगञ्ज-३, पर्सा ।

(मुख्य व्यक्ति : धिरज कुमार चौरासिया)

६. वेलका कन्स्ट्रक्सन कम्पनी प्रा.लि., इलाम-२, मालपथ।

 (मुख्य व्यक्ति : गणेशकुमार राई)

७. बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा प्रा.लि., गोंगबु

 (मुख्य व्यक्ति : कुशल गिरी)

८. चन्दननाथ निर्माण सेवा, चन्दननाथ न.पा. १०, जुम्ला ।

 (मुख्य व्यक्ति : धिरेन्द्र राज गिरी)

 


Author

थप समाचार
x