सुशासन

९५ हजार घुस लिने इन्जिनियरविरुद्ध मुद्दा

इकागज |
फागुन २८, २०७७ शुक्रवार १३:३५ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीविरुद्ध मुद्दा दायर गरेको छ । ठेक्‍का सम्झौता अनुसारको काम सम्पन्‍न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएपछि उनलाई नियन्‍त्रणमा लिइएको थियो । 

उनले ९५ हजार रुपैयाँ घुस लिएका थिइन् । कार्कीविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुस/रिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा पुजा कार्कीले आफू र लेखा अधिकृत सापकोटाको लागि घुस रकम लिएकी थिइन् । 



Author

थप समाचार
x