सुशासन

प्रमुख अधिकृतविरुध्द भ्रष्टाचार मुद्दा

इकागज |
असोज २६, २०७७ सोमबार १६:२४ बजे

 

काठमाडौंः घूस लेनेदनमा संलग्‍न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अधिकृत र एक व्यापारीविरुध्द भ्रष्टाचार  मुद्दा चलाएको छ ।


गुड्खा/चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अधिकृत विजय रानाले २ लाख रुपैयाँ घूस लिएको दाबी आयोगको छ । आयोगले राना र झाविरुध्द असोज २५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । 

भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि प्रमुख अधिकृत राना स्वतः निलम्बनमा पर्छन् । आयोगको टोलीले अधिकृ राना र व्यवसायी झाबीच घूस २ लाख रुपैयाँ घूस लेनदेन भएपछि दुवैलाई आयोगले नियन्त्रणमा लिएको हो । व्यवसायी झाका राजस्व लगायतका कामकाजमा सहजीकरण गर्ने भनी घूस लिएको दाबी आयोगको छ । 

प्रमुख अधिकृत रानाले प्रयोग गरेकै सरकारी नम्बर प्लेटकै गाडीमा लुकाई राखेको उक्त घूस रकम बरामद गरेको हो । घूसमा आरोपित रानाले घूस लिएको स-सप्रमाण पुष्टी भएको दावी आयोग छ । आयोगले दुवैलाई भ्रष्टाचार निवारण ऐन अनुरुप जरिवाना, कैद सजायँ र बरामद रकम जफ्तको माग दाबी लिएको छ ।
    


Author

थप समाचार
x