सुशासन

१० लाख घूससहित आयोजना प्रमुख पक्राउ

इकागज |
कात्तिक २०, २०७७ बिहिवार १८:३९ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दश लाख रुपैयाँ घूससहित नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुखलाई पक्राउ गरेको छ । प्राधिकरण हटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजना हेटौडाका प्रमुख इश्वरीप्रसाद जयसवाल घूससहित पक्राऊ परेका हुन् । आयोगले घूस लिइसकेको अवस्थामा हेटौडा–१० मा रकमसहित नियन्त्रणमा लिएको हो ।  

आयोगका अनुसार, जयसवाल प्राधिकणका नवौं तहका इन्जिनियर हुन् । उनले निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिन सेवाग्राहीसँग घूस लिएका हुन् ।



Author

थप समाचार
x