सुशासन

६ लाख घूस लिने सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

इकागज |
चैत ४, २०७७ बुधबार १६:१५ बजे

काठमाडौं : सिमराको मालपोत कार्यालय प्रमुख ना.सु. मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विशेष अदातलमा मुद्दा दायर गरेको छ । जग्गा फुकुवा गर्दिन्छु भन्दै ६ लाख रुपैयाँ घूस लिने उनीहरूलाई विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भन्दै सर्जमिन मुचुल्का गरी सिफारिस पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । जग्गा फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ घूस मागेका थिए । घुस लिइसकेको अवस्थामा उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।



Author

थप समाचार
x