सुशासन

मालपोतका शाखा अधिकृत जोशी २४ हजार घूससहित पक्राउ

इकागज |
चैत ५, २०७७ बिहीबार २०:९ बजे

महेन्द्रनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा बिहीबार मालपोत कार्यालय कञ्‍चनपुरका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट  २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्‍चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ”, उनले भने, “विस्तृत विवरण संकलन हुँदैछ ।” (रासस)
 



Author

थप समाचार
x