सुशासन

फर्निचर उद्योग चलाउन सहजिकरण गराउन घूस माग्‍ने प्रहरीविरुद्ध मुद्दा

इकागज |
चैत ८, २०७७ आइतवार १७:१० बजे

काठमाडौं : रुपन्देहीको गैडहवास्थित सशस्त्र प्रहरी बल वेश क्याम्पका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई फर्निचर उद्योग सञ्‍चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले घूस मागेको पाइएको थियो । 

आयोगको बुटवलबाट खटिई गएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा घूस लिएको पूष्टि भएपछि अख्तियारले काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
 



Author

थप समाचार
x