सुशासन

सिल भएको औषधि पसल खोल्दिन्छु भन्दै घूस लिने अधिकृतविरुद्ध मुद्दा

इकागज |
चैत ८, २०७७ आइतबार १७:११ बजे

काठमाडौं : विराटनगरको औषधी व्यवस्था विभाग शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।सेवाग्राहीविरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि घूस लिएका थिए ।

सुवेदीले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घूस लिएका थिए  ।आयोगले उनीविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

 



Author

थप समाचार
x