सुशासन

काठको मुद्दा सल्टाइदिन्छु भन्दै घूस लिने रेन्जरविरुद्ध मुद्दा

इकागज |
चैत १०, २०७७ मंगलबार १७:५२ बजे

काठमाडौं : काठको मुद्दा सल्टाइदिने भन्दै ट्रयाक्टर चालकसँग घूस लिने रेन्जर रामऔतार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ ।  कैलालीको तारानगरस्थित सव-डिभिजन वन कार्यालयले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको थियो ।

मुद्दा मिलाइदिन्छु भनी वन कार्यालयका रेन्जर राम औतार चौधरीले  ८० हजार घूस लिइसकेको अवस्थामा आयोगले नियन्‍त्रणमा लिएको थियो । चौधरीलाई रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद रानाले घूस लिएका थिए । आयोगले काठमाडौं विशेष अदालतमा चौधरीविरुद्ध आरोपपत्र दायर गरेको छ । 



Author

थप समाचार
x