सरकार

कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरे

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:१३ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरेको उल्लेख गरेकी हुन् ।


‘हालसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोभिडविरुद्वको पहिलो मात्रा र ८५ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ,’ राष्ट्रपति भण्डारीले सुनाइन् । उनले तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेको प्रस्ट पारिन् ।


Author

थप समाचार
x