सरकार

एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट किन पछि हट्यो सरकार ?

इकागज |
जेठ २३, २०७९ सोमबार २१:४१ बजे

फाइल फोटो

काठमाडौँ - सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 


विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको विरोध भइरहेको थियो । 

इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी नदेखिएका कारण यस्तो व्यवस्था खारेज गरिएको उनले जानकारी दिए । 

दुई दिन बिदा दिने निर्णय सोमबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । 


Author

थप समाचार
x