बर्दियामा गोली प्रहारबाट भएको मृत्यु घटनाको छानबिन गर्न समिति गठन
काठमाडौं - सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको मंगलबारको संसद् बैठकमा जानकारी गराए ।उनले प्रहरीलाई गोली प्रहार गर्न आदेश नदिइएको पनि स्पष्ट पारेका छन् । सांसदहरूले थारुको हत्याबारे संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया