मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरूले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया