सरकार

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर छ : राष्ट्रपति भण्डारी

इकागज |
असार १, २०७९ बुधबार १५:५९ बजे

फाइल तस्बिर

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन् ।

बुधबार लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरुलाई सामना गर्न सक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरिन् ।


भण्डारीले सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पुर्‍याउन आवश्यक रहेको पनि उल्लेख गरिन् । 


Author

थप समाचार
x