नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुनै सक्दैन : सांसद श्रेष्ठ
फाइल तस्बिर
काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले यस्ताे बताएका हुन् । उनले नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने काममा आफ्नो पार्टीको समर्थन नहुने स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो स्पष्ट धारणा के हो भन्दाखेरी नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि कुनैपनि हिसाबले आँच आउने कामहरु प्रति हाम्रो समर्थन रहँदैन । समर्थन हुन सक्दैन । र त्यसलाई स्वीकारिदैन। स्पष्ट कुरा हो । यो खालको कुनैपनि सैनिक गठबन्धनमा जाने कुरा हामीलाई स्वीकार्य हुँदैन । नेपालको स्वाधिनता र सार्वभौमसत्तामाथि आँच आउने कुराहरु कुनैपनि स्वीकार्य रहँदैन । हाम्रो स्वतन्त्रता, स्वाधिनता र हाम्रो अखण्डतामाथि आँच आउने कुराहरुमा हाम्रो साथ, समर्थन र स्वीकार्य हुँदैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया