एसपीपीको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का
फाइल तस्बिर
काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन् ।
उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए । एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणमार्फत नेपाललाई एसपीपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनै पनि हालतमा एसपीपी अघि बढ्न नसक्ने बताए ।
उनले सबैले नेपालको स्वाभिमान र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने पनि बताए । ‘यो सकिसकेको च्याप्टर हो । यो अघि बढ्ने छैन, बढाइने छैन । यसबारेमा हिजो मात्रै पनि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले नेपाललाई एसपीपी सम्झौता नेपाललाई स्वीकार्य हुँदैन भनिसक्नुभएको छ,' उनले भने, 'नेपाली सेनाको प्रेस विज्ञप्ति आइसकेको छ । स्वयं अमेरिकी दूतावासबाट पनि कुराहरू आइरहेका छन् । प्रधानमन्त्रीजीले यो अघि बढ्दैन भनिसक्नुभएको छ । यो त एउटा टुंगेको विषय हो । यसमा हामीले बारम्बार खोतल्न हुँदैन । हामी आफैँ स्वाभीमान र आत्मविश्वासका साथ अघि बढौं ।’
मन्त्री खड्काले सरकार मुलुकको सार्वभोमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सम्बन्धमा गम्भीर रहेको पनि स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया