यातायातमन्त्री दाहालले जनाए ट्रक व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता
ललितपुर (बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्वाध नेपाल आवागमनलाई कडाइसँगै बिमालगायत समस्या समाधानमा संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे ।
हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले जानकारी दिए ।
महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको सातै प्रदेशमा प्रदेश संयोजक पनि निर्वाचित हुनेछन् ।महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया