सरकार

नागरिकता विधेयक आजै तयार हुन्छ : गृहमन्त्री

इकागज |
असार २४, २०७९ शुक्रबार १६:४५ बजे

फाइल फोटो

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५` लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । 

प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५` लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।


उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । 

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।


Author

थप समाचार
x