मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला ?
फाइल तस्बिर
काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्ने अपेक्षा गरिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ।
त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद् बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले मंसिरमा ४ मा निर्वाचन मिति तोक्न सिफारिस गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया