सरकार

मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्ने सरकारको निर्णय

इकागज |
साउन १९, २०७९ बिहीबार १४:२५ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले आगामी मंसिर ४ गते प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको शिक्षा मन्त्री देवेन्द्र पाैडेलले इकागजलाई जानकारी दिए ।

बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । यसअघि निर्वाचन आयोगले पनि मंसिर ४ मा निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।



Author

थप समाचार
x