सरकार

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज

इकागज |
असोज २३, २०७९ आइतबार ७:४ बजे

काठमाडौं - आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत आज मनोनयनपत्र दर्ता हुँदै छ । 
प्रत्यक्षतर्फ आज उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । 

आज बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।


आज बेलुका ५ देखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको उमेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ ।

असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

आयोगले प्रत्यक्षतर्फको मननोनयन दर्ताका लागि कार्यतालिकामा कुनै हेरफेर नगर्ने बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विगतको अनुभवले पनि कार्यक्रममा कुनै पनि परिवर्तन गर्नु नपर्ने बताए।


Author

थप समाचार
x