सरकार

देउवाले बोलाए कांग्रेस सांसदलाई बालुवाटार

इकागज |
पुस ९, २०७९ शनिबार ११:५३ बजे

काठमाडौँ- सरकार गठनमा सत्तागठबन्धनमा कुरा नमिलिरहेको बेला नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । आज दिउँसो साढे १२ बजेदेखि छलफल गर्न भन्दै देउवाले कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

पुस ६ मा संसदीय दलको नेता निर्वाचित सांसदहरूलाई देउवाले छलफल गर्न पहिलो पटक बोलाएका हुन् । 'हामीलाई बालुवाटारबाटै बोलाएर जान लागेका हौँ' देउवा निकट एक सांसदले इकागजसँग भने 'छलफलको विषय केही भनिएको छैन् ।' तर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार २०/३० जना सांसदहरूले देउवालाई भेट्‍न खोजेका हुन् । 'बालुवाटारबाट कसैलाई बोलाइएको छैन्' परियारले इकागजसँग भने 'सांसदहरूले भेट्‌न खोजेर आफै आउनु भएको हो ।'


नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल बालुवाटार स्रोतले जानकारी दियो ।


Author

थप समाचार
x