सरकार

तीन उपप्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
पुस ११, २०७९ सोमबार १६:३६ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै तीन उपप्रधानमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उपप्रधानमन्त्रीका रूपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शपथ लिएका छन् ।


पौडेल उपप्रधान तथा अर्थमन्त्री, लामिछाने उपप्रधान तथा गृहमन्त्री र श्रेष्ठ उपप्रधान तथा भौतिक तथा पूर्वाधार मन्त्री भएका छन् ।

नवनियुक्त उपप्रधान मन्त्रीलाई संविधानकाे धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।


Author

थप समाचार
x