सरकार

राहदानी लिँदा लामा लाइन र देखिएका पीडा हटाउँछौं : प्रधानमन्त्री दाहाल

इकागज |
पुस ११, २०७९ सोमबार २०:४४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राहदानी र लाइसेन्स लिँदा सर्वसाधारणले भाेग्दै आएका समस्याबारे ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले साे क्रममा लामा लाइन लाग्ने र त्यसबाट सर्वसाधारणलाई हुने पीडाबाट राहत दिने उल्लेख गरे ।

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन् ।


'राहदानी, लाइसेन्ससम्बन्धी लामा लामा लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन्,' दाहालले भने, 'जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं ।'


Author

थप समाचार
x