सरकार

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

इकागज |
पुस १२, २०७९ मंगलबार १३:१९ बजे

काठमाडौँ- सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका थिए । 

नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेका हुन् ।


प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।

महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठको नाम चर्चामा थियो ।

 

* यसअघि प्रकाशित समाचारमा प्रधानमन्त्रीकाे सिफरिसमा महान्यायाधिवक्ता नियुक्त हुनुपर्नेमा अन्यथा पर्न गएकाेमा सच्याइएकाे छ । 


Author

थप समाचार
x