सरकार

प्रधानमन्त्री प्रचण्डको निर्देशन : विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्नू

इकागज |
पुस १५, २०७९ शुक्रबार ११:१५ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । भन्सार घोषणा नभएका मोबाइल बन्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्य किरण शर्माले इकागजलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएका छन्। 

यसअघि नै मोबाइल दर्ता गर्न आह्वान गरेको नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएको थियो ।


मोबाइल सेटको गैरकानुनी आयात, बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडीएमएस लागु गरिएको प्राधिकरण जनाएको छ ।


Author

थप समाचार
x