सरकार

सन् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड

इकागज |
पुस १७, २०७९ आइतबार १०:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सन् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् ।


ग्रेगोरियन पात्रोअनुसार आजदेखि सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि सन् सुरुवात भएको भन्ने भनाइ छ ।


Author

थप समाचार
x