सरकार

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा

इकागज |
पुष २१, २०७९ बिहीबार १३:४२:४८ बजे

काठमाडौँ - सरकारले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले केही सचिवहरूको पनि सरुवा गर्ने निर्णयसमेत गरेको छ । सरकारको न्युनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रुप दिने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनका अनुसार न्युनतम कार्यक्रमपछि मात्रै मन्त्रिपिरिषद् बिस्तार हुने छ।


उनले आफ्ना दलका तर्फबाट न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका बिषय लगाएतका कार्यक्रमहरूमा जोड दिएको बताए ।


Author

थप समाचार
x