सत्ता गठबन्धन बैठक
टुंगियो मुख्यमन्त्रीको भागबन्डा, कुन प्रदेश कुन पार्टीलाई ?
काठमाडौँ- सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएकाे छ ।
आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएकाे हो ।
सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । वाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा-आधा कार्यकाल नेतृत्व गर्ने छ ।
सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ ।
आजै प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया