सरकार

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेट

इकागज |
पुस २७, २०७९ बुधबार ९:३४ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


Author

थप समाचार
x