सरकार

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

इकागज |
माघ १, २०७९ आइतबार १४:५९ बजे

काठमाडौं - सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । आइतबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।



Author

थप समाचार
x