प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
फाइल तस्बिर
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया