धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर
कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धनगढी पुगेका छन् । कैलाली र कंचनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाउन उनी आज यहाँ पुगेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहाल पहिलो पटक सुदूरपश्चिमको भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीले कैलाली र कञ्चनपुरका ठूला विकास योजनाको अनुगमन निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण अनुगमनको सुरुवात कैलाली र कञ्चनपुरबाट गर्न लागेको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। एयरपोर्टबाट अहिले प्रधानमन्त्री गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्न प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री दाहालले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको स्थलगग निरीक्षण गर्ने छन् । त्यसपछि महेन्द्रनगरको खुलामञ्चमा हुने १४औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको दाहालले उद्घाटन गर्ने छन्।
यस्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’ को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न दाहाल सो कार्यक्रममा पुग्ने कार्यक्रम समेत तय भएको छ।
प्रधानमन्त्री आजै काठमाडौ फिर्ता हुनेछन् । प्रधानमन्त्री दाहाल कैलाली र कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सम्भवत पहिलो पटक प्रधानमन्त्रीको कैलालीको एयरपोर्ट देखि कंचनपुरसम्मको करिब ६० किलोमीटर सडक यात्रा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया