सरकार

एकथरी मानिसहरू परिवर्तनलाई उल्ट्याउने कसरतमा छन् : प्रधानमन्त्री

इकागज |
फागुन २९, २०७९ सोमबार १३:४१ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्र,समावेशी समानुपातिक मान्यता, उत्पीडित वर्ग र समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरेका हुन् । राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरूलाई पराजित गर्न नसक्ने उनको भनाइ छ । 

प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे । उनले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको बताए । उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताए ।



Author

थप समाचार
x