पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छः मन्त्री किराती
फाइल तस्बिर
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सुरुवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताएका हुन् ।
नयाँ गन्तव्यस्थलको खोजी गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत् संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने उनको भनाइ छ ।
उनले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रिय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन प्रवद्र्धनमार्फत् संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्नको लागि सही सूचना र तथ्यांक आवश्यक पर्ने बताए । मन्त्री किराँतीले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको बताए । मन्त्री किराँतीले नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएको भन्दै यसका लागि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको स्पष्ट पारे ।
मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवद्र्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया