अर्थसचिव राय भन्छन्- सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन
काठमाडौँ - अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनि साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने बताएका हुन् । रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको उनले बताए । सरकारले अर्बौं रुपैयाँविना योगदान सामाजिक सुरक्षा भत्ताको रूपमा लामो समयसम्म दिन सक्ने अवस्था नभएको उनको भनाइ छ ।
उनले सरकारले वार्षिक रूपमा करिब एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए । अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताए । उनले वर्षेनि अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने उल्लेख गरे । सचिव रायले रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्न सके सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताए । ‘रोजगारीमा रहेकाहरू अनिवार्य सामाजिक सुरक्षा कोषमा जानुपर्छ भनिएको थियो । सरकारले पनि पाँच लाख श्रमिक पुर्याउन पनि सकिएको छैन,' उनले भने, 'तर सरकारको प्राथमिकतामा रहेको छ । ३० प्रतिशत रोजगारदाताको ३१ प्रतिशत योगदान हुनुपर्छ । ११ प्रतिशत श्रमिकले योगदान गर्नुपर्छ अलि धेरै भयो भनिएको छ । अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनै पनि योगदान विना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौं ।’
सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया