मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्री
फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेको यो आठौँ पटक हो ।
नेपाली कांग्रेसका एनपी साउद मन्त्री बन्ने भएका छन् । साउदलाई परराष्ट्रमन्त्रीमा दिउँसो ४ बजे सपथ गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
वैशाख १० गते हुने उपनिर्वाचनपछि मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया