मन्त्रिपरिषद् बैठक
जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।
उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया