सरकार

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

इकागज |
बैशाख ५, २०८० मंगलबार २०:१४ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाली आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 



Author

थप समाचार
x