सरकार

गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने

इकागज |
जेठ २, २०८० मंगलबार १३:५० बजे

फाइल तस्बिर

काठमाडौँ- आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।​

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।


सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।


Author

थप समाचार
x