सरकार

सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम लगाउने

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:१६ बजे

काठमाडौँ– सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  


‘पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने छ,’ उनले भने, ‘रणनीतिक तथा व्यापारिक महत्वको सडकले निर्माण तथा स्तरोन्नति गरिनेछ । पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।’ 


Author

थप समाचार
x