सरकार

सरकारले इन्टरनेटमा गरिने विज्ञापन करको दायरामा ल्याउने

इकागज |
जेठ ५, २०८० शुक्रबार १८:३० बजे

काठमाडौँ- सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।  


शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।


Author

थप समाचार
x