सरकार

मुलुकको आवश्यकतालाई सम्बोधन हुने नीति तथा कार्यक्रम : अर्थमन्त्री महत

इकागज |
जेठ ५, २०८० शुक्रबार १९:२० बजे

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । कांग्रेस प्रवक्ता समेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाए थियो ।

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यस रूपमा बुझ्न नहुने पनि बताए ।


Author

थप समाचार
x