बाढी पहिरो निरिक्षण
बाढी पहिरो प्रभावित तुम्लिङटारमा प्रधानमन्त्री प्रचण्ड, ताप्लेजुङ जाँदै (तस्बिरहरू)
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् ।
आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
मौसमका कारणले हेलिकोप्टर उड्न पनि समस्या भइरहेको प्रधानमन्त्रीका फोटो पत्रकार प्रदीपराज वन्तले बताए ।
उनले प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्दार र राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन दिँदै स्वयम्सेवी संघसंस्थामा अपील पनि पनि गरे ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए ।
उनले भने ‘म अस्ति मात्र सिन्धुपाल्चोकको मेलम्ची गएको थिएँ त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’
प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमडौँ फर्कनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया