मन्त्रिपरिषद् बैठक
नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय
काठमाडौँ- सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिह्न स्तम्भ ५३ (१)लाई यथास्थानमा संयुक्त रूपमा पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको उनले बताइन् ।
बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया