सरकार

धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने सरकारको निर्णय

इकागज |
असार ५, २०८० मंगलबार २०:३८ बजे

काठमाडौँ- सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकाे प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ ।'


मन्त्री शर्माले मन्त्रिपरिषदमा विपद्को बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।


Author

थप समाचार
x