अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्न सरकारले बनेपामा जग्गा दिने
काठमाडौँ– अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्न सरकारले बनेपामा जग्गा दिने भएको छ ।
असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नम्बर १०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
त्यस्तै सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने निर्णय गरेको छ । सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण जग्गा दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया