अमेरिकी राष्ट्रपति बाइडनको जलपान कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन भोलि अमेरिका जाँदैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री प्रचण्ड अमेरिका जान लागेका हुन् ।
उक्त महासभामा २१ सेप्टेम्बरमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट सम्बोधन गर्दैछन् ।
'नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरूबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरू लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ' प्रधानमन्त्री प्रचण्डले भने ।
महासभाका दौरान आयोजना हुने Financing for Development, Pandemic Prevention, Preparedness and Response, Universal Health Coverage लगायतका विषयमा हुने उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गर्ने Climate Action Summit मा समेत सहभागी भई नेपालको धारणा राख्ने तयारी नेपालले गरेको प्रचण्डले बताए ।
असोज १ र २ मा आयोजना हुने High Level Political Forum on Sustainable Development, (SDG Summit) मा समेत अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त मञ्चमा अतिकम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौतीहरू, सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न आइपरेका व्यवधानहरू एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपाल जस्ता मुलुकहरूले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा केन्द्रित रही प्रचण्डले आफ्ना भनाइहरू प्रस्तुत गर्नेछन् ।
यस ७८ औं महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस (H E Antonio Guterres)लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको प्रचण्डले बताए । भेटवार्ताहरुमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना रहेको उनले बताए ।
त्यस्तै असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आयोजना गर्ने जलपान कार्यक्रममा समेत प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया